Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय विस्फोटपरि अहिलेसम्म ३४ जनाको मृत्यु, सयौँ घाइते

विस्फोटपरि अहिलेसम्म ३४ जनाको मृत्यु, सयौँ घाइते

74
सांकेतिक तस्विर

बीबीसी । बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।
आगलागीको कारण खुल्न सकेको छैन। मृत्यु हुने मानिसमध्ये कम्तीमा पाँच जना अग्निनियन्त्रक भएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन्।