ललितपुरमा जिल्ला समन्वय समिति गठनमा पनि गठबन्धन

140

काठमाडौं : स्थानीय तह चुनावमा गठबन्धन गरेका दलहरुले जिल्ला समन्वय समिति गठनमा पनि गठबन्धन कायम राखेका छन्।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जिल्ला समन्वय समिति गठनमा पनि भागबण्डा गरेर तालमेल गरेका हुन्। स्थानीय तहको निर्वाचन समीक्षा गर्दै सत्ता गठबन्धन दलले आउँदो संघ र प्रदेशको चुनावसम्मै तालमेल गरेर जाने भनेका छन्।जिल्ला समन्वय समिति गठनमा पनि दलका शीर्ष नेताहरुले निर्देशन नै दिएका छन्। शीर्ष नेताहरुको निर्देशन अनुसार जिल्ला समन्वय समिति ललितपुरमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन्।नेपाली कांग्रेसले जिससको प्रमुख पाएको छ भने नेकपा (माओवादी केन्द्र)ले उपप्रमुख पाएको छ। प्रमुखमा कांग्रेसका महाकांल गाउँपालिकाका ऋषिदेव फुयाँलको उम्मेदवारी दर्ता भएको छ भने उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङको उम्मेदवारी दर्ता भएको कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष केसीले जानकारी दिए।