त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस बिजयी

146

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा पहिलो पटक नेपाली कांग्रेसले बाजि मारेको छ । भरखरै घोषित परिणाम अनुसार कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् ।मेयरमा बिजयी कांग्रेस उमेदवार बसन्त बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत भन्दा करिव दुई हजार ८६ मत बढी ल्याएर बिजयी भएका हुन । उप मेयरमा भने एमालेकी महेश्वरी राई कांग्रेसकि सरिता राईलाई पछिपार्दै बिजय हात पारिन । उनले करिव १ हजार ७ सय २२ मतले सरितालाई पछि पारेकी हुन ।

मेयरमा बस्नेतले १३ हजार ९ सय ५९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाएका छन् । नेकपा एसका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन । उप प्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७ सय ३ मत पाउँदै जित निश्चित बनाएकी छन । कांग्रेसकि सरिता राईले ११ हजार ९ सय ८१ मत ल्याएकी छिन । माओवादी केन्द्रकि गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याएकी छिन ।

नगरका १६ वडामध्ये ९ वटा वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन् । त्यस्तै एमालेका ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन ।