नेपालमा ग्यास प्रतिबन्ध लगाइदै, कहिलेबाट हुन्छ थाहा पाउनुहोस्

225

काठमाडौं । सरकारले मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारमा आगामी साउनदेखि एलपी ग्यास प्रतिबन्ध लगाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् । त्यस्तै, काठमाडौं लगायत मुख्य शहरहरुमका समेत ग्यास सिलिन्डर प्रयोग गर्न नपाउने व्यवस्था गरिने उनले बताए ।

यो वर्ष मात्रै सरकारले झन्डै १ लाख भान्साबाट ग्यास, दाउरा र गुइँठा प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ । अहिले ग्यासमा दिँदै आएको अनुदान समेत सरकारले हटाउने घोषणा गरेको छ । यो अनुदान विद्युतीय चुल्होमा खर्च गरिनेछ ।