घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

172

चितवन । चितवनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका- १३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी ५२ वर्षीया फूलकुमारी बोटेलाई आज दिउँसो बाघले आक्रमण गरेर बेपत्ता पारेको हो । अहिले उनको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरीको टोली खटिएको छ ।
जंगलभित्र जान हात्ती व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।