ललितपुरमा कांग्रेसका मेयर चिरिबाबुको अग्रता ,उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा

145

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन्।महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ८ हजार ४ सय ४० मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५ सय ८३ मत मत प्राप्त गरेका छन्।