बनेपा र नमोबुद्ध नगरपालिकामा कांग्रेसको जित, एमालेलाई धक्का

129

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा विजय हासिल गरेको छ। कांग्रेसले बनेपा र नमोबुद्ध नगरपालिकामा प्रमुख जितेको छ। बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका छन्। उप प्रमुखमा भने एमाले विजयी भएको छ। एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याएकी छन्। उनको निकटतम प्रतिद्वन्दी रगुबर चौ प्रधानले १० हजार ५ सय १५ मत ल्याएका छन्।

बनेपामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादी ९एस० ले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। यसअघि यो पालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो।
त्यस्तै काभ्रेको अर्को नगरपालिका नमोबुद्ध नगरपालिकामा कुनसाङ लामा विजयी भएका छन्। उनले १२ हजार २ सय ११ मत ल्याएका छन् भने उनका निकटतमा प्रतिद्वन्दी नेकपा एमालेका राजन भुर्तेलले ५ हजार २२ मत मात्रै ल्याएका छन्। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट यो नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उप प्रमुखमा उम्मेदावारी दिएका थिए। उनले ८ हजार १ सय ८७ मत पाएका छन्। दोस्रो मा रहेकी एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत ल्याएकी छन्। यो पालिकामा पनि २०७४ एमालेले नै प्रमुख र उपप्रमुख जितेको थियो ।