भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीका अध्यक्ष मदन धौलाले नेमकिपाकाले सफाइ मजदुर संग चन्दा उठाएको आरोप लगाएका छन् । पार्टीले दत्रातयमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने” सफाई मजदुरसंग प्रती व्यक्ति २८ सय रुपैया भन्दा धेरै चन्दा उठाएको छ ।”
नेमकिपाकालाई भोट नदिए मजदुरलाई भक्तपुर नगरपालिकाको जागीरबाट हटाउने चेतावनी दिएको समेत उनले आरोप आरोप लगाए । नेमकिपाकाको एक तन्त्रीय शासनको कारणले भक्तपुर नगरका जनताले धेरै दु:ख पाएको एमाले नगर कमिटीका अध्यक्ष धौलाको भनाई छ ।
कार्यक्रममा एमाले नगर प्रमुख पदका उम्मेदवार रबिन्द्र लाछिमस्यु, उपप्रमुख रन्जना खर्बुजाले भक्तपुरका जनताले परिवर्तनलाई साथ दिनु पर्ने बताए ।