बैशाख १६,
भक्तपुर । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकोलागि नेकपा एमालेले भक्तपुरमा घरदैलो अभियान सुरु गरेको छ । एमालेका जिल्ला प्रचार विभाग प्रमुख निरन्जन बजगाइका अनुसार जिल्लाका चार वटा नगरपालिकामा तालिका बनाएर घरदैलो अभियान सुरु भएको छ ।
एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकामा विना बास्तोला प्रमुख, रमेश बुढाथोकी उपप्रमुख, सूर्यविनायकमा बाशुदेव थापा प्रमुख पदमा उपप्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार रहेका छन् । मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठ प्रमुख, उत्तरा नेपाल उपप्रमुख र भक्तपुर नगरपालिकामा रबिन्द्र लाछिमस्यु नगरप्रमुख। रञ्जना खर्बुजा उपप्रमुख पदको उम्मेदवार रहेका छन् ।
चाँगुमा जेष्ठ नागरिक आर्शिवादबाट घरदैलो सुरु
एमालेको चाँगुनारायण नगरपालिकाको ६ नं. वडा कमिटी नगरकोटले घरदैलो कार्यक्रम सुरु गरेको छ । सो वडाका एमालेका उम्मेदवारले नगरकोटका जेष्ठ नागरिक सुनकान्छी लामिछानेको हातबाट आर्शिवाद लिँदै एमालेले घरदैलो अभियान सुरु गरे गरेका हुन् । चाँगुनारायणमा वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार विष्णु तामाङ सहित पाँचै जना उम्मेदवारले उनीसाग आर्शिवाद लिएका हुन् । आगामी बैशाख ३० गते हुने निर्वाचनमा सो वडाबाट महिला वडा सदस्यमा चिनीमाया तामाङ, दलित महिला वडा सदस्यमा सुनिता विश्वकर्मा, वडा सदस्यमा रमेश लामिछाने उम्मेदवार छन् ।
सूर्यविनायक, भक्तपुर र मध्यपुरमा समेत तालिका बनाएर एमाले घरदैलो अभियानमा लागेको छ ।