सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ। नेपाली कांग्रेसबाट टिकट पाएर नगरगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका शिक्षक तेजबहादुर खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ।