बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानजोशीलाई निलम्बन गरेको छका उपकुलपति

115

बैशाख १४,

हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन्।

छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी थिए। सचिव भुसालले मंगलबार उपकुलपति जोशीलाई सम्बोधन गरेर निलम्बन पत्र दिएको बताए। पदीय जिम्मेवारी पूरा नगरेको लगायत आरोप लगाई प्रतिष्ठान सभाका एकचौथाइ सदस्यले लिखित निवेदन दिएपछि कुलपति पाण्डेले जोशीबारे छानबिन गर्न समिति गठन गरेका हुन्। जोशीले भने निलम्बनको खबर सञ्चारमाध्यमबाट मात्रै पाएको र पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताए। गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको भन्दै उनले बिचमै छाड्न उचित नलागेर काम गरिरहेको बताए।