मध्यपुर थिमी ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी

114
सांकेतिक तस्विर

बैशाख १२
भक्तपुर : मध्यपुर थिमी नगरपालिका–५ कमेरोटारस्थित ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको स्यानिटरी गोदाममा आगलागी भएको हो ।राति शुरु भएको आगो जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत्त थिमीका नायब उपरीक्षक हरिनन्दन चौधरीले गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामान जलेर नष्ट भएको जानकारी दिए।