बासुदेब थापाले दिए मेयर पदबाट राजीनामा

399

भक्तपुर । सुर्यबिनायक नगरपालिकाको नगरप्रमुख पदबाट बासुदेब थापाले राजीनामा दिएका छन् । आइतबार नगर उपप्रमुख जुना बस्नेत समक्ष थापाले राजीनामा दिएका हुन् । उनी पुन नगरप्रमुख उठने तयारी छन् । उनी संगै उपप्रमुख बस्नेतले पनि राजीनामा दिएकी छिन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा नेकपा एमाले बाट निर्वाचित भएका थिए । एमालेले हालसम्म भक्तपुरको कुनैपनि नगरपालिकामा वडा अध्यक्ष, उपप्रमुख र नगरप्रमुखको उम्मेदवार टुंगाउन सकेको छैन । भोलि १२ गते मात्रै सबै पालिकामा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको एमाले जानकारी दिएको छ ।