राप्रपाको घोषणापत्र : गाईभैँसीलाई सुत्केरी भत्ता,१२ कक्षा सम्म निःशुल्क शिक्षा

258

बैशाख ७,

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन्। भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय तहको ऐन कानुन निर्माणदेखि परिमार्जन गर्ने उल्लेख गरेको छ।

यस्तै, शिक्षामा १२ कक्षासम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय बनाउने, सबै स्थानीय तहमा अनिवार्य नि:शुल्क स्वास्थ्य बिमा, सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने उल्लेख गरेको छ। कृषितर्फ गाईभैंँसीलाई सुत्केरी भत्तादेखि जमिन बाँझो नराख्ने व्यवस्था गरेपछि कृषि उत्पादन वृद्धि गर्ने विकल्प दिइने घोषणापत्रमा उल्लेख छ। हरेक घरमा एक घर एक धारादेखि जेष्ठ नागरिकलाई देशभित्र नि: शुल्क धार्मिक यात्रासम्मको अवधारणा प्रस्तुत गरेको छ।