काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेश कुमार राईकाअनुसार २०७९ साल बैशाखमा हुने स्थानीय निर्वाचनकालागि जिल्लामा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन् । जसमा पुरुष १ लाख ५४ हजार १८३, महिला १ लाख ४९ हजार ३७५ र तेस्रो लिङ्गी २ जना मतदाता रहेका छन् । जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र र ३ सय ८१ मतदान स्थल रहेको निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी दिए ।
मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५३१ जना कुल मतदाता रहेका छन् । १४ हजार ६४५ जना पुरुष र १३ हजार ८८६ जना महिला मतदाता यस नगरपालिका रहेका छन् । यो नगरपालिकामा १६ मतदान स्थल र ३६ मतदान केन्द्र हुनेछ ।
मतदान स्थल केन्द्र पुरुष महिला मतदाता















