मण्डनदेउपुरको मेयरमा काङ्ग्रेसबाट सापकोटाको दाबी

1179

काभ्रे  । मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसको तर्फबाट पुर्व जिल्ला सदस्य भरत प्रसाद सापकोटाले आज आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर कार्यालयमा बिधिवत उम्मेदवारीको दाबी प्रस्तुत गरे पश्चात्  नयाँ नेपाल न्यूजसंग कुरा गर्दै नेता सापकोटाले भने “गत निर्वाचनमा पनि नगर प्रमुखमा प्रतिस्पर्धा गरेकोले यस पटक पार्टी समायोजन भएकोले मेरो दावी स्वभाविक हो ।” २०७४ को निर्वाचनमा सापकोटा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए । सापकोटा लामो समय देखी राजनीतिक तथा समाजसेवामा सकृय छन् । नगर उपसभापति ,जिल्ला सदस्य र तत्कालीन लोकतान्त्रिक फोरममा जिल्ला उपसभापतिको जिम्मेवारीमा रहेर काम गरेका सापकोटाले भौतिक पुर्वाधारको बिकास ,एक घर एक रोजगारी ,पर्यटन क्षेत्रको बिकास र बिस्तार ,शिक्षा ,स्वास्थ र खानेपानीको बिषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। कृषिको आधुनिकिकरण ,मल र बिउबिजनको सर्वसुलभ र सहज आपूर्ति मुल एजेन्डा रहने बताए ।