चैत २६,
अमेरिकाको न्युयोर्क सहरमा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको छ। घटनामा परी अन्य दुईजना घाइते भएको सरकारी अधिकारीले बताएका छन्।न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालयबाहिर स्थानीय समय अनुसार शुक्रवार राति पौने २ बजे घटना भएको हो।घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई छातीमा गोली लागेको थियो। त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ।