बागमती प्रदेशमा बैशाखदेखि गाडी भाडा बढाउने निर्णय

124

चैत २६,

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो। बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ।