युद्ध मैदानमा नै विवाह

105

चैत २५,
गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ भने धेरै संरचना ध्वस्त पारेको छ।रुसी हमलाबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले केहिदिन अघि जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।

युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनी गत फेब्रुअरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरी भागेका हुन्। यस अवधिमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। युक्रेनी सैनिक भने रक्षात्मक तरिकाले रुसी हमलाको प्रतिकार गरिरहेको छ। यसैबीच​ समाचार संस्था रोयटर्सले युक्रेनका सेनाले युद्ध मैदानमा नै विवाह गरेका तस्वीरहरू सार्वजनिक गरेको छ। सैन्य अधिकारीबिच भएका विवाह अहिले सामाजिक संजालमा भाइरल बनेका छन्।