महेश र रविन्द्रको तालमेलले गुण्डु बन्यो सुन्दर

610

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न.७ मा वि.स २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचनपछि भने गुण्डुमा विकासका पूर्वाधारले नसोचेको रुपमा परिवर्तन भएको स्थानीयहरुको बताउछन् । नेकपा एमालेका अध्यक्ष केपि ओली प्रधानमन्त्री हुदाँ सांसद महेश बस्नेत आफ्नो गृह नगरलाई भौतिक पूर्वाधारमा उत्कृष्ठ बनाउनसक्रिय भए । उनको काममा प्रदेश सांसद शसिजंग थापा, नगरप्रमुख बासुदेव थापा र गुण्डुका वडाअध्यक्ष रविन्द्र सापकोटालगायतका सबै जनप्रनिधि र स्थानीयहरुले साथ दिए ।

गुण्डूमा खानेपानी समस्या थियो । २०७४ पछि एक घर एक धारा सबै नागरिकको घरसम्म पुग्नु पर्छ भन्ने उद्देश्यले एकीकृत खानेपानी समिति गठन गरी गुण्डूको कार्की गाउँ मन्थली र तीनधारा किवाचोक क्षेत्रमा एक घर एक धारा सञ्चालनमा ल्याइएको वडाअध्यक्ष सापकोटाले बताए ।
स्रोतको न्योचित वितरणका अवाधारणा अनुसार गुण्डू खानेपानी र किवाचोक खानेपानी समिति समायोजन गरी मुहानको पानीका कमीले यस क्रममा तीन लाख लिटरको एक ट्याङ्की, अर्को दुई लाख लीटरको एक ट्याङ्की, पाँचवटा डीप बोरिङ सम्पन्न गरिएको छ ।

सडकतर्फ भने घुम्ति किवाचोक सडक, तिथली मगरगाउँ सडक, बुढीगण्डकी लिखानारायण सडक, रानीखोला सिलामागाल घ्याम्पेडाँडा, भैरवी स्कूल सडकलगायत निर्माणका साथै पक्की बनाइएको सापकोटाले जानकारी दिए । ज्योती माध्यामिक विद्यालय, भैरवी आधारभूत, चन्द्रसुर्योदय आधारभुत विद्यालयमा शौचालय कम्पाउण्ड निर्माण सहित गुणस्तरीय शिक्षा प्रदान गरिने वातावरण भएको छ ।
विगतमा जिर्ण २ कोठे जिर्ण वडा कार्यालय भनव रहेको थियो । हालसुविधा सम्पन्न ३ तले भवन निर्माण उक्त भवनमा जसमा प्रशासनिक कक्ष, बैठक कक्ष, कार्यक्रम हल र सुविधा सम्पन्न शौचालय व्यवस्था गरिएको छ , वडाअध्यक्ष सापकोटाले भने । मठमन्दिर, पाटीपौवा निर्माण, धर्म संस्कृती र परम्पराको संरक्षण र जगेर्ना, पर्यटकीय क्षेत्रहरुको विकास, सार्वजनिक यातायातको व्यवस्थित सञ्चालन सदैव सक्रिय भएको वडाअध्यक्षको भनाई छ ।

घोषणा पत्रमा उल्लेख गरिएका विषयलाई प्रमुखताका साथ काम सम्पन्न गरी घोषणा पत्रमा उल्लेख भए भन्दा चाौगुना बढि काम सम्पन्न गरियो, उनले भने । वडाले एक आर्थिक वर्षमा करिब ६ करोड रुपैयाँ बराबरको रकम विकास निमार्ण गर्दै आइरहेको उनले बताए ।

अरनिको राजमार्गको थिमीबाट होस् वा पाण्डुबजार क्षेत्र जहाँबाट गएपनि पक्की कालोपत्रे सडकले गुण्डुका घर आँगनलाई छोएर जान्छ । सांसद बस्नेतले भने ‘हामी निर्वाचित भएर आएपछि सडक, पुल, विद्यालय जस्ता संरचना बनाउन ध्यान दियौं ।’ अहिलेपनि केही सडक विस्तार र पक्की बनाउने कार्य जारी रहेको सांसद बस्नेत बताउँछन् । कुनै समय गाउँको एउटा प्रशवपीडामा परेकी महिलालाई अस्पताल लान मुस्किल हुने गुण्डुक्षेत्रमा हिजोआज सहज सडकले सबैलाई राहत भएको देखिन्छ । अझै केही कार्य सम्पन्न बाकीँ भएकाले छिट्टै पुरा गर्न उनीहरु लागिपरेका छन् ।