चैत १,
काठमाडौं : भारतमा व्यापक रुपमा विस्तार हुँदै गएको किड्जी नेपालमा पनि बढ्दै गएको छ। यो प्रि-स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो।यसको ७ सय ५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरमा दुई हजारभन्दा बढी केन्द्र रहेका छन्।किड्जी बाल विकास र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ। किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको छ। किड्जीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम (आइएलएलयुएमई)को स्वामित्व छ।
बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन्। जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण मानिन्छ।यो घरमै बसेर आफ्ना बच्चालाई सिकाउन चाहने आमाबाबुका लागि बनाइएको किट हो। यो ६ वटा बाकसहरूको सेट हो। एक वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाका लागि ३ वटा र २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मका बालबालिकाहरूका लागि ३ वटा बाकस हुन्छन्।
सबै बाकसमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन्। यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ। सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोच मा केन्द्रित छन्।
कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन्। किड्जीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो। काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रि-स्कूलको नेटवर्कसँग काम गरिरहेको छ। किड्जीले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको जनाएको छ।














