राष्ट्रपति-साउदी विदेशमन्त्रीबीच भेट

38

चैत १,

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले भेट गरेका छन्।राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र साउदीबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको बताइएको छ। त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। नेपाल र साउदीबीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यस्ता भ्रमणले सम्बन्ध अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको बताइएको छ। एक दशकअघि साउदीमा नेपाली कामदारले रोजगारीका अवसर पाएका थिए। चार लाखभन्दा बढी नेपालीले साउदीमा श्रम गरिरहेको अवस्थामा विदेशमन्त्रीको भ्रमणले नेपाली कामदारका सेवासुविधा र अवसर बढ्ने अपेक्षा गरिएको छ।