भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)को केन्द्रीय सहकोषाध्यक्ष र केन्द्रीय सदस्यमा भक्तपुरका विक्रम ढुकुछु र गोविन्द बहादुर (जिबि) खड्का सर्वसम्मत निर्वाचित भएका छन् । ढुकुछु चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको साइनिङ स्कुलका सञ्चालक हुन् भने खड्का चाँगुनारायण नपा वडा नं. ६ नगरकोटफेदीस्थित क्वालिटी सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल हुन् । नेपालगञ्जमा फागुन २२ र २३ गते भएको राष्ट्रिय महाधिवेशनबाट पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने सहित ५७ जनाको केन्द्रीय समिति चयन गरेको नेशनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्का जानकारी दिए । महाधिवेशनमा भक्तपुर जिल्लाका ३४ विद्यालयका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।