जय सन्तोषी माँ सहकारीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

422

फागुन २४,
भक्तपुर । भक्तपुर नगरपालिका वडा न. १० कमलविनायमा रहेको जय सन्तोषी माँ ऋण तथा बचत सहकारीको आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तराष्ट्रिय  महिला दिवसको अवसर पारेर मंगलबार संस्थाको कार्यालयमा एक दिने बृहत महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क पाठेघर र आखाँको परिक्षण गरिएको थियो । शिविरको लागि मेडिल्याण्ड फार्मेसी एण्ड क्लिनिक र ख्वप तिलगंगा अप्टिकल क्लिनिकले जनशक्ति तथा प्राविधिक सहयोग गरेका छन् । शिविरबाट १ सय ५२ जना लाभान्वित भएको जय सन्तोषी माँ ऋण तथा बचत सहकारीका अध्यक्ष राजन सैंजुले जानकारी दिएका छन् । सैजुले संस्थाको सामाजिक उत्तरदायित्व अनुसार महिला लक्षित स्वास्थ्य शिविर आयोजना गरेको बताए ।