राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ ग्रहण

104

फागुन २१,

काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ ग्रहण आज हुँदैछ। शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुने संघीय संसद् सचिवालयले जनाएको छ। गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांगेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक जना निर्वाचित भएका थिए। कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेतले शपथ लिँदैछन् । त्यस्तै‚ माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले शपथ लिँदैछन्। एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ ग्रहण गर्नेछन्। जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ ग्रहण गर्नेछन्। एक मनोनीत सांसदकोको नाम टुंगिन बाँकी छ।