परीक्षा (एसइई) को नयाँ प्रश्नपत्र

106
फाइल तस्विर

फागुन १८,

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नयाँ प्रश्नपत्र आगामी शुक्रबारबाट छाप्ने भएको छ। बोर्डले अघिल्लो वर्षको प्रश्नपत्र पुनः प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विषयको लामो अन्योलता टुङ्ग्याएर नयाँ छाप्ने निर्णय गरेको हो। प्रश्नपत्र छपाई गर्ने जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएको छ। लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले फागुन २० गतेबाट प्रश्नपत्र छाप्ने जानकारी दिए। उनका अनुसार सबै विषयका गरी ५५ लाखप्रति प्रश्नपत्र छापिने छ। ‘कडा सुरक्षाको निगरानीमा प्रश्नपत्र छपाई हुन्छ,’उनले भने। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कसरी प्रश्नपत्र छपाई गर्ने भन्ने विषयमा आज बोर्डमा छलफल गर्ने बताए। ‘प्रश्नपत्र छपाई भन्ने चिज निकै संवेदनशील कुरा हो, त्यसैले कसरी छाप्ने भन्ने विषयमा छलफल गर्दैछौँ, त्यसपछिमात्र भन्न सकिन्छ,’उनले भने।