एमसिसीको पक्षमा उभिँदा विवादमा परेपछि प्रचण्डले पत्रकार सम्मेलन गर्दै

114

फागुन १६,

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)को पक्षमा उभिएको भन्दै आलोचना भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन्।
एमसिसी अनुमोदनको पक्षमा उभिँदा पार्टीका शीर्ष नेतादेखि जनस्तरसम्म माओवादी केन्द्रको नराम्रो छाप परेपछि प्रचण्डले आफ्नो धारणा बाहिर ल्याउन लागेका हुन्। प्रचण्डले सोमवार दिउँसो ३ बजे खुमलटारस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेको सचिवालयले जनाएको छ।