महाभियोगविरुद्ध एमालेको ‘काउन्टर’ तयारी

151

फागुन २,

काठमाडौं : सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि ‘काउन्टर’ दिने गृहकार्य गरिरहेको छ। आइतबारको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले संसदीय दलको बैठक अहिले जारी छ। त्यसले आवश्यक निर्णय लिने तयारी गरिराखेको छ। आवश्यक तयारीको लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको स्थायी कमिटी सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘हामीले हस्ताक्षर संकलन गरेर राखेको भए पनि महाभियोग प्रयोजनको लागि प्रयोग हुँदैन। हामी राणाविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुन्छ कि भन्ने विश्वासमा छौँ।’ एमालेले कसैसँग टसलको वातावरण नबनाउने उनको भनाइ छ।

गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरेपछि एमालेले काउन्टर दिन सभामुख अग्निप्रसाद सापकोटासहित संसद् विघटन बदर गर्ने न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, मीरा खड्का र दीपककुमार कार्कीविरुद्ध महाभियोग दर्ताबारे छलफल चलाइरहेका छन्। पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाए। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गर्दै अध्यक्ष ओलीले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन खोजिरहेका छन्। गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराए।’त्यसो त एमालेका उपमहासचिव विष्णु रिमालले पनि सत्ता गठबन्धनले हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि? भन्दै प्रश्न गरेका छन्।