महानगरले बनायो त्रिपुरेश्वरमा आधुनिक शौचालय

76

माघ २८,

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार आधुनिक शौचालय उद्घाटन गरे।
एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ। महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यो शौचालयमा पुरुष युरिनल ४ वटा, क्युविकल २ वटा, महिलाका लागि २ वटा र एउटा समावेशी बनाइएको छ। उद्घाटनमा मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त शहरी सेवासुविधा उपलब्ध गराउनु रहेको बताए। यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैले सहजै उपयोग गर्न सक्ने भएको मेयर शाक्यले बताए। नवनिर्मित शौचालयमा आकाशेपानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ।