आज थप १६ जना कोरोना सङ्क्रमितको मृत्यु

54
सांकेतिक तस्विर

माघ,२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुल ११ हजार ०७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ८ हजार ८४५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी मन्त्रालयका अनुसार आज थप १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ७९४ सङ्ख्या पुगेको छ।