माघ ७,
काभ्रे । कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
सूचनामा भनिएको छ “यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आइशोलेसनमा रहनु भएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखा परेको स्थिति समेतलाई मध्यनजर सेवा बन्द गरिएको छ ।”
अत्यावश्यक सेवावाहेकका कार्यालयबाट प्रदान गर्ने अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय-पत्र कार्य बन्द भएको हो ।














