मण्डनदेउपुरबाट छानिए चार जना एमाले महाधिवेशन प्रतिनिधि

1173

कार्तिक ३०,
काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । जसमा काभ्रे मण्डनदेउपुर नगरपालिकाबाट ४ जना प्रतिनिधि छानिएका हुन् । जसमा खुल्ला तर्फ राधाकृष्ण बस्ताकोटी, विदुर सापकोटा र रीता गौतम (ढकाल) चयन भएका हुन् । महिला तर्फ निर्मला शाहि चयन भएकी हुन् । दुइ निर्वाचन क्षेत्र रहेको काभ्रेमा सबै गरेर ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।