प्रेस सेन्टर काभ्रेमा विवाद निस्कियो

395

कार्तिक १८, काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको चाैथाे अधिवेशनमा विवाद निस्किएको छ । सेन्टरका काभ्रेका राम प्रसाद ढकालले नेतृत्व चयनमा असहमति जनाउदै सामाजिक संजालमा एक विज्ञप्ति निकालेका छन् । उनले नयाँ नेपालन्यूजसग भने “बहुमत सदस्यको चाहनालाई कदर नगरिएकाले हामी आन्दोलन गर्न बाध्य छौं।” चौथो अधिबेशनले अध्यक्ष- रोजन तामाङको नेतृत्वमा नयाँ कमिटी घोषणा गरेको थियो । कमिटीको
उपाध्यक्षमा नवराज अधिकारी र अञ्जली तामाङ
सचिव- शिव पन्त
सहसचिव- क्रान्ति लामा र प्रकाश दाहाल
कोषाध्यक्ष- इकमान लामा
सदस्यहरू- जीवन घिसिङ, किरण कुमार पुलामी, प्रेम स्याङतान, लोक बहादुर लामा, गिता तिमल्सिना, क्षितिज नेपाली (दुई सदस्य पछि मनोनीत गर्ने गरि) गरेको थियो ।