भक्तपुर आएर एस पार्टीका नेता खतिवडाले महेश बस्नेतलाई दिए यस्तो चुनौती

397

कार्तिक १६,
भक्तपुर । नेकपा (एकीकृत समाजबादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेका नेता महेश बस्नेतलाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिए ।

पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने “एमालेका फुच्चे नेता बस्नेतलाई एक्लै तालमेल बिना चुनाव जितेर देखाउन चुनौती दिन्छु ।” सधै फुटेर जाने पार्टी सकिने भनेर बामदेब गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन” उनले भने ।

“एमाले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौ तर, कति सिट ल्याउछौ अहिले भन्न सकिदैन,” उनले भने । पार्टी के मुद्दा लिएर फुटेको हो भन्ने कुरामा भर पर्ने भन्दै उनले बिगतसंग बर्तमानको तुलना गर्न नमिल्ने खतिवडाको भनाई छ । उनले अगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन् ।

एमाले अध्यक्ष ओली धुन्दकारी र भस्मासुर भएकाले कम्युनिस्ट आन्दोलन जोगाउन बाध्य भएर नयाँ पार्टी गठन गरेको उनले बताए ।
“हामीलाई मिडियाले एस पार्टी भन्छ, अब ओलीको पार्टी नो पार्टी हामी एस पार्टी, एस भनेको राम्रो पार्टी” उनले भने ।

कार्यक्रममा एकीकृत समाजबादी नेता डा.राजेन्द्रमान श्रेष्ठ, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा नेता दिपक थापालगायतले पार्टी बिस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् ।