Monday, October 26, 2026
Home राजनीति बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहत देउ: ओली

बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहत देउ: ओली

58

कार्तिक ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्नलाई धन्यवादसमेत दिए ।