Monday, September 28, 2026
Home पत्रपत्रिका भारतबाट आएका भाले हात्ती नेपालका पोथी हात्तीसँग मायापिरती गाँस्दै

भारतबाट आएका भाले हात्ती नेपालका पोथी हात्तीसँग मायापिरती गाँस्दै

58

साउन २४,
काठमाडौं । नेपाल घुम्न आएका भाले हात्ती मत्ता हात्ती० कोसी टप्पुमा रहेका पोथी हात्ती ९ढोई०सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् ।

वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै लिनुपर्छ । पूर्वी नेपालको झापा हुँदै कोसी टप्पु पुग्ने हात्तीको समूह भारतको पश्चिम बङ्गालबाट आसाम हुँदै नेपाल छिर्ने गर्छन् भने पश्चिम नेपालको शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रिने हात्ती भारतको राजाजी नेसनल पार्क र कोरबोट नेसनल पार्क उत्तराखण्डबाट घुम्दैफिर्दै नेपाल भित्रिने गर्छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा पालिएका सबै हात्ती पोथी हुन् । पोथी हात्तीसँगको मायापिरती लगाउन भाले हात्तीको घम्साघम्सी पर्ने गर्छ । मायापिरती लगाउने थलो भने आरक्षको हात्तीसार हुने गरेको छ । जसले गर्दा बेलाबेला आरक्षका कर्मचारी र स्थानीय बासिन्दासँग जङ्गली हात्तीको जम्काभेट हुने गर्छ । मायापिरती लगाउने काममा बाधा पु¥याएको झोँकमा हात्तीको जम्काभेटमा गर्दा धेरै घटना भइसकेका छन् ।

वयस्क भएका पोथीले भालेलाई बेलाबेला बोलाउने गर्छन् । त्यतिबेला पोथी हात्तीको कराउने आवाज सधैँको भन्दा फरक हुने गर्छ । हात्तीसम्बन्धी विद्यावारिधिको शोध गर्नुभएका आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भन्नुभयो, ‘‘जङ्गलमा सबै आगन्तुक भाले हात्ती रहेका छन् । पोथीजति हात्तीसारमा हामीले पालेर राखेका छौँ । पोथी हात्ती गर्भिणी हुने बेला आएपछि वयस्क पोथीले भुइँमा सुुँड बजार्दै बेग्लै स्वरमा कराउने गर्छन् । अनि जङ्गलछेउछाउ रहेका भाले हात्ती आउने गरेका छन् । -गोरखापत्रबाट