भक्तपुर अस्पतालः हिजो र आजका कथा

392

नेतृत्वले उपचार गरेको अस्पताल
साउन ११,
भक्तपुर । केही समय यता भक्तपुर अस्पतालले आफ्नो परिचय फेर्दै लगेको छ । १ सय १६ वर्ष पुरानो यो अस्पताल आफ्ैमा उमेर वृद्ध भएपनि परिपक्क छैन् ।
अन्यत्रका सरकारी अस्पताल जति पुरानो भयो तेहाँ सेवा सुविधा थपिए तर, भक्तपुरमा केही सुविधा विस्तार भएन ।अहिले भने यो अस्पताल जनतालाई सेवा दिन न्यूनतम मापदण्ड पुरा गरेर आइसीयू सेवासम्म संचालन गर्ने हैशियतमा पुगेको छ । अन्यत्र विरामी पठाउने चलन बन्द जस्तै भएको छ बरु अरुबाट यसमा आउन थालेका छन् ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतम पहिलो पटक विशेषज्ञको रुपमा अस्पतालमा हाजिर हुदाँ अवस्था दयनिय भएको सम्झना गर्दछिन् । गौतम वि.स २०७६ साल मंसिर २० गते उनी अस्पतालमा आएकी थिइन् ।

विगत यस्तो
विश्व स्वास्थ्य संगठनको अस्पताल संचालनको सामान्य मापदण्ड समेत पुरा गर्न नसक्ने अवस्थामा भक्तपुर अस्पताल थियो । अस्पतालकी प्रमुख डाक्टर गौतम भन्छिन् ‘सेवा प्रवाहको बारेमा स्वास्थ्य मन्त्रालयसंग सहकार्य गरेको परिक्षणमा १ सय मा अस्पतालले ३८ प्रतिशत मात्र नम्बर पायो । ’
त्यसको ९ महिना पछि अस्पतालले १ सयमा ८२ प्रतिशत अंक प्राप्त गरको उनले बताइन् । भौतिक पूर्वाधारको कमी, कर्मचारीको अभाव, राजनितिक खिचातानी र व्यवस्थापकिय कमजोरीले अस्पतालले सेवा दिन सकिरहेको थिइन् । बागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय मातहतमा रहने यो नै उपत्यकाको एक मात्र अस्पताल हो ।
प्रसुति गराउन कोही महिला आएमा समेत दिनको २ बजे भन्दा उता बन्द जस्तै थियो । सामान्य ज्वरो आउँदा सिटामोल दिने काम बाहेक जटिल र अरु थप उपचार हुने थिएन । चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामी लिएर आएका आफन्तलाई अन्यत्र नीजि अस्पतालमा लान सुझाव दिने गर्दथे ।

कोरोनासंगै चुनौती र अवसर आयो
२०७६ साल चैत महिनाबाट नेपालमा लडडाउन भयो । कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा बस्न भन्यो । भक्तपुर अस्पतालमा भने थर्मल गन र एक सेट पीपीई समेत थिएन, प्रमुख डाक्टर गौतमले भनिन् ।
नेपालको पहिलो व्यवस्थित क्वारेन्टाइन खरिपाटी हेर्ने जिम्मेवारी नेपाली सेनासंगै भक्तपुर अस्पतालले पनि प्राप्त ग¥यो । त्यसबाट कोरोना भाईरसको नियन्त्रणमा सिक्ने अवसर पाइयो, उनले भनिन् । त्यससंगै बिरामीको उपचार गर्ने तयारी अस्पतालले थाल्यो ।
कोरोना महामारीकै बीच भौतीक पूर्वाधार भएरपनि रोकीएको आइसीयू संचालन कार्यले पूर्णता पायो । हाईकेयर यूनिट समेत संचालनमा आयो । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, अस्पताल व्यवस्थापन पक्ष, कर्मचारी सबैको सहयोगमा भक्तपुर अस्पताल एक पाइला अगाडी बढ्यो ।
हालः दुई वटा अक्सिजन प्लान्ट समेत निर्माणधिन अवस्थामा रहेको छ । १ हजार ३ सय जना कोरोना संक्रमितको सफल उपचार अस्पतालमा भयो । ४७ जनाको मृत्यु उपचारको क्रममा भयो ।
दोस्रो लहर कोरोनाको चलिरहदाँ अस्पतालले तीन भागमा बाढेर बिरामीको उपचार गरेको थियो । अस्पतालकी प्रमुख डाक्टर गौतमका अनुसार इमरजेन्सी, हाईकेयर यूनिट र आइसीयू संचालन गरिएको थियो । शुक्रबारसम्म अस्पतालमा १४ हजार ७ सय ४४ जनाको पीसीआर गरिएको छ । ३ सय २९ जनाको आरडीटी परिक्षण गरेको जानकारी दिइयो । कोरोना संक्रमण लक्षण देखिएकालाई निशुल्क र विना लक्षण परिक्षण गर्ने प्रतिव्यक्तिलाई भने सरकारको नियम अनुसारको १ हजार शुल्क लिदैं आएको अस्पतालले जानकारी दिएको छ ।
हालको सेवा प्रवाह
१८ रोपनी ४ आना क्षेत्रफल जमिनभित्र भक्तपुर नगरपालिका वडा नम्बर १, दुधपाटीमा एकै स्थानमा तीन अस्पताल छन् । तेही स्थानमा रेडक्रसको समेत भवन छ । ६ रोपनी क्यान्सर अस्पताल, ६ रोपनी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र ७ आना क्षेत्रफल रेडक्रस सोसाइटि छन् । बाकीँ क्षेत्रफलमा भक्तपुर अस्पतालका केही भवन छन् ।
पुराना भवन र २०७२ सालको भूकम्प अगाडी निर्माण भएकाले केहीको मर्मत भइरहेको छ । सबै सेवा प्रवाह गर्ने र उपत्यकामा रहेको प्रदेशको उत्कृष्ट अस्पताल सधै बनाउन ठाउँको अभाव देखिन्छ ।
यो साल भक्तपुर अस्पतालले ९४ हजार ३ सय ६३ जनालाई सेवा दिइएको अस्पताल प्रशासनले जानकारी दिएको छ । २०७५ सालमा ओपीडी सेवा मात्र लिनेको संख्या ७५ हजार ८ सय ९, २०७६ सालमा ८० हजार २ सय ७ र २०७७ सालमा ५५ हजार ९ सय ८३ जनाले सेवा लिएका छन् ।
कोरोना संक्रमणको महामारिका बीच गत साउन यता मात्र ९ सय ६४ जना महिलाहरुले अस्पतालबाट प्रसुति सेवा लिएका छन् ।
दैनिक स्वास्थ्य बीमाका मात्रै २ सय ४७ जना अस्पतालबाट सेवा लिदैं आएका छन् । हाल अस्पतालमा २४ घण्टा प्रसुती सेवा, औषधी सेवा, एम्बुलेन्स सेवा, ओपडीमामाः बालरोग, दाँत, नाक कान घाटी, आखाँलगायतका सेवा विशेषज्ञ डाक्टर मार्फत दिदैं आएको प्रशासनले जानकारी दिएको छ ।

समस्या के ?
हाल सेवा दिदैं आएका सबै रोगको सहज र छिटो छरितो उपचार गर्न अस्पतालमा अझैं जनशक्तिको अभाव छ । हाल अस्पतालमा स्थायी ५८ जना र करारमा १ सय ४४ जना कार्यरत छन् । जसमा ३० जना डाक्टर र ८० जना नर्स रहेका छन् । सबै सेवा प्रवाह गर्न ४ सय दक्ष जनशक्ति चाहिने अस्पताल प्रमुख डाक्टर गौतमको भनाई छ ।
अस्पतालले निकट भविष्यमै १८ वर्ष मुनिका बालबालिकाहरुको उपचारकालागि १० शैंयाको आइसीयु थप गर्ने तयारी गरेको छ । हाल अन्यका लागि ६ शैयाको रहेको आइसीयू समेत १० शैया थप हुने तयारीमा रहेको छ ।
दुई वर्षभित्र सिटी स्क्यान, एमआरआई लगालयतका उपकरण थप गर्ने भनिएपनि भवनको अभाव र दक्ष जनशक्ति समेत छैनन् । पानीको अभाव, अस्पतालमा कार्यरत चिकित्स तथा कर्मचारी र आउने सेवाग्राहीको समेत सवारी साधन पार्किङ्ग गर्ने स्थानको अभाव रहेको छ । विगतको भन्दा धेरै सुधार भएपनि सन्तोषजनक भने अझैं नभएको स्वयम् अस्पताल प्रमुख डाक्टर सुमित्रा गौतमको भनाई छ ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका जिल्लाबाट समेत बिरामीहरु उपचार गर्न यस अस्पतालमा आउने गरेका छन् ।
दैनिक ७ सय हाराहारीलाई सेवा दिदैं आएको यस भक्तपुर अस्पतालले सर्वसाधरणलाई अन्यत्र उपचार गर्न नजाने व्यवस्था गर्न सके सबै गरिब र निमुखा जनतालाई भने धेरै राहत हुने थियो ।
वितेका वर्षहरुमा आफैं रोगी रहेको यो अस्पताल अब भने रोग मुक्त भएझैं देखिन्छ । तर, नेतृत्व फेरिएपछि पुरानै अवस्थामा फर्किएलाकी भन्ने आम सर्वसाधरणहरुको चिन्ता समेत रहेको छ ।