विधेयक परिमार्जन नभए सडक संघर्षमा जाने देउवाको चेतावनी

194

साउन ६,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विधेयकहरू परिमार्जन गर्नुपर्ने अडान दोहोर्‍याएका छन्। मिडिया काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोगलगायतका विधेयकहरू परिमार्जन हुनुपर्ने देउवाले बताए। विधेयक परिमार्जन नभए सडक संघर्षमा जाने देउवाले चेतावनी दिए।

‘विधेयक परिमार्जन भएन भने सरकारविरूद्ध सडकमा जान्छौं,’ बीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा देउवाले भने, ‘विधेयक परिमार्जन नगरे सदन अवरूद्ध पार्छौं।’ प्रजातन्त्र तथा जनताको अधिकारमा सरकारले प्रहार गरिराखे सडकमा जान बाध्य हुने उनको भनाइ छ।

बीपीले मुलुकको राष्ट्रियता र समाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रूपमा अघि सारेको उल्लेख गरेका उनले सोही मान्यताबाट अघि बढ्दा मुलुकमा समृद्धि आउने उनले बताए। उपसभापति विमलेन्द्र निधिले बीपीले कम्युनिस्ट अधिनायकवादी शासनविरूद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताए।

बीपीको समाजवादी विचारधाराबाटै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने स्पष्ट पारेका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले बीपीले राजनीति र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।