कविताः प्रकृतिको ऋण

278

-कृष्ण नेपाली
हो हामीले विनाश गर्यौं प्रकृति तिम्रो सर्वनाश
त्यहि नाशको बदला लिन छेक्दै छौँ है हाम्रो श्वास ?

अत्याचारको सिमै थिएन बारुद बमले सर्वनाश
त्यहि नाशको ऋण लागेर छेक्दै छौँ है हाम्रो श्वास ?

बलात्कारको सिमै छैन हुन्छ हिंसा पापै पाप
त्यहि पापको ऋण लागेर भोग्दै छौ हामी श्राप ।

प्रकृतिको ऋणले गर्दा छैन कुनै भट्ने पार्क
त्यहि पार्क नै भए कतै मान्छे पोल्ने मुर्दाघाट ।

प्रकृतिको पाप लागेर पाको छैन हेर्न लाश
आफन्त रुन्छन डाको छोडी सबैको भयो सर्वनाश ।

प्रकृति तिमी सर्वै सर्वा प्रणम गर्छौ जोडि हात
महामारीबाट बचाउन तिम्ले फिँजाइदेउ एकचोटि हात ।