जेठ २०,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ३, झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ । तर, यहिँ कुरालाई लिएर चाँगुनारायण नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ नम्बर वडाका स्थानीय तथा केही राजनीतिककर्मीले विरोध गरिहरेका छन् । मृगौला प्रत्यारोपण भक्तपुर कै दुधपाटीमा रहेको छ । त्यहाँ ठाउँ अभाव र अन्य विविध कारणले अस्पताल विगत केही वर्ष यता देखि स्थानान्तर हुने तयारी गरिहरको छ ।
सामाजिक संजाल फेसबुकमा केन्द्र झौखेलमा हुने भएपछि अन्य राजनीतिक दल त छदैं छ, नेकपा एमालेका कार्यकर्ताहरु समेत विरोध गरिहेका छन् । चाँगुनारायणको १,२,३,४ वीर अस्पताल बन्ने कुरा भईसकेको छ । हाल दुवकोटमा काठमाडौं मेडिकल कलेज, सोही स्थानको केही दूरीमा वीर अस्पताल र ४ नम्बर नगर अस्पताल भएको भन्दै एमाले कै कार्यकर्ताले विरोध गरेका हुन् ।
विकाशको दृष्टिकोणले अन्यत्र सो अस्पताल (प्रत्यारोपण केन्द्र) भए राम्रो हुने उनीहरुको तर्क छ । विगतमा बागेश्वरी वडा नम्बर ७ मा सो केन्द्र सारिने कुरा थियो । त्यसैलेपनि उत्तरीपूवी भेगका स्थानीयहरु पछिल्लो निर्णयले आक्रोशित देखिन्छन् ।
सो अस्पताल साविक झौखेल गाविसको वडा नं. ३ को कित्ता नं.१ मा रहेको ६ रोपनी १ आना २ पैसाको क्षेत्रफल भएको जग्गा र सोही ठाउँमा रहेको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफल ओगटेको ठाउँमा बन्ने वडा छ । अस्पताललाई ३० वर्षको लागि लिजमा जग्गा दिने निर्णय नेपाल सरकार ९मन्त्रिपरिषद्० बाट जेठ १३ गते निर्णय भएको थियो ।