चैत २४,
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका छन् । जिल्लामा सक्रिय पत्रकारहरुको संगठन प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतको सहमतीमा आगामी कार्यकालकोलागि सबै पदमा सर्वसहमत नेतृत्व चुनिएको हो । पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा जगत प्रजापति, उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिव सन्जीप घिमिरे, सह–सचिव खुल्लामा हेमराज ढकाल, सह–सचिव समाबेशीमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा विनोद कोजू चयन भएका हुन् ।
महिला सदस्यमा कन्चन किसी, आदीबासीमा सदस्यमा किरण सुवाल तथा अन्य सदस्यहरुमा दिनेश कार्की, विकास थापा, राजकुमार लामिछाने, रजल छुंका, रामगोपाल तमखु, रुपक ढुंगाना, सञ्जीब प्रसाद दुलाल, सविना केसी, हरिशरण बास्तोला चयन भएको जानकारी निर्वाचन समितिका बाल मुकुन्द सुवालले जानकारी दिएका छन् । प्रदेश परिषद सदस्यमा जितेन्द्रराज शिल्पकार, धुर्वराम थापा, नारायण थापा, प्रविण लाखे, भेष वहादुर कार्की, मणिराम लामिछाने, मिना घोरासाईने, राममणी बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्थाल, सुरेश कुमार सायजु, संगम लामा निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रिय परिषद सदस्यमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्वुजा, पूर्णभक्त दुवाल, पेशल आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र र प्रदेश समितिको नेतृत्वकालागि भने भोली २५ गते बिहान ९ बजेबाट देशैभर मतदान हुनेछ ।














