घरको पार्किङबाट कार हराएपछि….

232

चैत ६,
पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो ।
पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी चोरी भएको पन्तले बताए । उनका अनुसार गाडीको चारवटै ढोका लक थियो । चावी उनीसँगै रहेको छ । कार हराएलगत्तै पन्तले प्रहरीकहाँ खबर गरिसकेको बताए । उनले मासबारमा किराना पसल सञ्चालन गर्दै आएका छन् ।