भक्तपुरमा ओली गुटलाई धक्काः तीन विद्यार्थी नेताले त्यागे राजनिति

1041

पुस २२,
भक्तपुर । केपी शर्मा ओली निकट विद्यार्थी अनेरास्ववियूका दुई केन्द्रिय र एक जना जिल्ला कमिटिका सदस्यले संगठन छोडेको घोषणा गरेका छन् । केन्द्रिय सदस्यद्धय हरि शरण बस्नेत (हरिस) र पुष्पराज ढकाल त्यसैगरि अर्का विद्यार्थी नेता प्रवेश तिमिल्सिनाले पनि संगठन छोडेको घोषणा फेसबुक मार्फत गरेका छन् । बस्नेत र ढकाल केही दिन अगाडी मात्र केन्द्रिय सदस्य नियुक्त भएका थिए । तिमिल्सिना ओली निकट समुहको विद्यार्थी सगठनको जिल्ला कमिटी सदस्य हुन् ।

लामो समय विद्यार्थी आन्दोलनमा रहेकाहरुलाई भन्दापनि नेताका आसेपासेलाई केन्द्रिय सदस्य बनाएको र जिल्लासंग केही समन्वय नगरेकोका आजका मितिदेखि आफुहरु स्वतन्त्र हुने बस्नेत र तिमिल्सिनाले हामीसंगको कुराकानीमा बताएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु हुदाँ बस्नेत जिल्ला कमिटी उपाध्यक्ष, ढकाल सहसचिव थिए । विद्यार्थी राजनितिमा निस्कृय रहेका, विरोधी संगठनबाट अनेरास्ववियूमा प्रवेश गरेका र क्याम्पसको कक्षा कमिटिमा भएकालाई नेताको सिफारीशमा केन्द्रिय कमिटिमा लगिएकोमा मेरो आपत्ति छ, नयाँ नेपाल न्यूजसंग बस्नेतले भने । केन्द्रले समन्वय नगरी मनोमानी केन्द्रिय सदस्य बनाएको भन्दै भक्तपुरमा ओली निकट विद्यार्थी नेताहरुमा असन्तुष्टि फैदा भएको छ । यो कार्यले ओली निकट नेताहरुलाई धक्काले लाग्ने देखिन्छ ।

बस्नेतले लेखेको फेसबुक स्टाट्स पढ्नुहोस्:

”विध्यार्थी राजनितिमा अवसरवादी र द्वचारित्रिक पात्रहरुकाे हालिमुहाली र पहुँच केन्द्रिय तहसम्म ठूलै रहेछ त्यसैले अाजबाट राजनितिक रुपमा नितान्त स्वतन्त्र बस्ने निर्णयमा पुगियाे । अबउपरान्त म कुनै राजनितिक संगठन, बहस वा तर्कवितर्कमा नहुने जानकारी पनि गराउँदछु । अाजसम्म राजनितिक र सांगठानिक रुपमा साथ सहयाेग दिनुहुने सबैमा धन्यवाद ।”
जय देश

ढकालले लेखेको फेसबुक स्टाट्स पढ्नुहोस्:

”अनेरास्ववियु केन्द्रिय कमिटी को निर्णय मा असन्तुष्टि जनाउदै अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी र अनेरास्ववियु केन्द्रिय कमिटी र पार्टी संगठन कतै पनि सकृय नहुने र आजको मिति बाट कुनै पनि पद र सदस्यता त्याग्दै स्वतन्त्र हुने सबै मा जानकारी गराउदछु”

तिमिल्सिनाले लेखेको फेसबुक स्टाट्स पढ्नुहोस्:

”राजनीति भनेको नेता र मथिलो इस्तरसम्म पउच रख्ने नेताको अगाडी पछाडी हालीमुहाली हुनेले मात्र गर्ने हो सोझा साझा ले त झण्डा बोक्ने संगठनलाई माया गर्ने परेको बेला सहयोग गर्ने हो अरु बेलामा कोही न कोही हो पार्टीमा हिजो भर्खर भर्ना भएका हरेक टाउको हरूको गन्ति केन्द्रिय नेता मा हुन थाले पछी मैले सबैलाई नेता मानेर हिन्न सकिन, तेसैले मैले पनी आजकै मिति बाट पार्टी र बिद्यार्थी संगठन दुबैमा नरहने निर्णये गरे।”