ललितपुर । सोलुखुम्बु स्थायी घर भएका तम्बरप्रसाद निरौला (बोलाउने नाम ठूलो–कान्छो) ललितपुरको हरिसिद्धीबाट हराएका छन् । परिवारका अनुसार सुस्त–मनस्थितीका ३६ वर्षीय निरौला मङ्गलबार दिउँसो तीन बजे हराएका हुन् । नीलो ज्याकेट, नीलो टाउजर, म्याजिक चप्पल र कालो क्याप लगाएका उनको देब्रे आँखामा फुलो परेको छ । टेडो–टेडो हेर्ने तम्बरप्रसादले प्रष्ट बोल्न नसक्ने उनकी आमा पवित्रा निरौलाले बताइन् । पवित्राका अनुसार होचो शरीर तथा गहुँ गोेरो वर्णका तम्बरप्रसादले आफ्नो नामसमेत प्रस्ट भन्न सक्दैनन् ।
हरिसिद्धिबाट कर्मनसा खोला तरेर धापाखेलतर्फ लागेको सूचना पाइए पनि त्यसतर्फ खोजी गर्दा नभेटिएको भाइ कृष्णप्रसाद निरौलाले बताए । ‘हराएको तीन घन्टामै प्रहरीलाई मौखिक जानकारी गराएको थिएँ । त्यसपछि आज (बिहीबार) प्रहरीमा लिखित जाहेरी दिएका छौँ,’ उनले भने । परिवारले मंगलबार तम्बरप्रसादको हुलिया टिपाएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।