‘गाडी तोडफोड गर्ने हाम्रा कार्यकर्ता होइनन्’

222

पुस १२,
काठमाडौं । जिल्लाको बूढानीलकण्ठ नगरपालिका–९ स्थित मण्डिखाटारका मनोहरराज घिमिरेको घर र गाडीमा तोडफोड भएको घटनामा विप्लव समूहले आफ्नो संलग्नता नरहेको दावी गरेको छ । ०७६ फागुनमा भएको सो घटनामा आफ्ना नेता–कार्यकर्ताको संलग्नता नरहेको आन्तरिक अनुसन्धानबाट पुष्टि भएको विप्लव समूहका काठमाडौं जिल्ला सेक्रेटरी ‘पवन’ले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । विप्लव समूहको नाम लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गणेश कुँवरले आक्रमण गरेको सो समूहले दावी गरेको छ । गणेश कुँवर गुल्मीका हुन् ।