मंसिर २१,
भक्तपुर । भक्तपुरमा गएराती भएको कार दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ भने तीन जना युवक घाइते भएका छन् । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार गएराती १२ बजेर ४७ मिनेटमा मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौ तर्फ जादै गरेको कार दुर्घटना परेको थियो । बा. ८ च. ४७५६ नंको कार अनियन्त्रित भई सडक विचको फलामको रेलिङहरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा परेर काठमाडौ महानगरपालिका–४, धुम्बाराही पिपलबोट बस्ने ३० वर्षकी रिया श्रेष्ठको मृत्यु भएको डीएसपी गिरीले बताए । घटनामा मध्यपुर थिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने बर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७ वर्षका सुदप थापा सामान्य घाइते भएका छन् ।
प्रहरी कार्यालय रानीपोखरीबाट सो खवर प्राप्त हुनासाथ घटनास्थल पुगेको र सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतक श्रेष्ठ समेत तीन जनालाई लिएर काठमाडौ तर्फ जाने क्रममा दुर्घटना भएको आइतबार विहान मात्र प्रहरीको नियन्त्रणमा आएका चालक कार्कीले प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले जानकारी दिए ।