-प्रकाश कुमार कार्की ‘सत्यम’
बीसौं शताब्दीमा विशेषता तीनओटा दर्शन बहुचर्चामा रहेका थिए । पुँजीवाद समाजवाद र साम्यवाद जुन सामाजिक आर्थिक र राजनीतिक विचारधारामा आधारित थिए । जसलाई विभिन्न देशले आफ्नो तवरले परिभाषित गर्दै व्याख्या गर्दै कतिले ती तीन दर्शन मध्ये एकलाई अनुशरण गर्दै आएको पाइन्छ । आज विश्व एक्काईसौं शताब्दीको चक्रमा घुमिरहेको छ । जहाँ लोकतन्त्रवादी प्रजातन्त्रवादी शक्ति अथवा लोकतन्त्र प्रजातन्त्र प्रति विश्वास नगर्ने शक्ति विशेषत कम्युनिष्टहरु यिनै बिचार को खेती गरी कहि लोकतन्त्रवादी त कहिले कम्युनिष्ट हरुले राज्य सत्ता सम्हालिरहेका छन्। वास्तवमा भन्ने हो भने कम्युनिष्ट सिद्धान्तले अनुसरण गर्ने दर्शन भनेको साम्यवादी व्यवस्थानै हो। विगत दश पन्ध्र दशक पहिले निहाल्ने हो भने यो साम्यवादी व्यवस्थालाई कयौं देशमा विभिन्न तरिका अनि कोणबाट यसलाई व्याख्या गरिँदै आएको छ ।
समाजमा रहेको विशेषता दुई वर्ग धनी र गरिब या त शासक र शोषित बीचमा हिंसात्मक र भ्रमपूर्ण राजनीति माध्यमद्वारा शासन कब्जा गर्ने नीति कम्युनिष्टले लिएको हुन्छन् । यो नै साम्यवादी दर्शनमा भेटिन्छ । वास्तवमा भन्ने यो भने यो व्यवस्थामा राजा हुँदैन मात्र एकदलीय शासन हुन्छ । लोकतन्त्र प्रजातन्त्र केही हुँदैन, न त विपक्ष पार्टी न त कुनै नेता नै । सबै जनता सबै जनताको प्रतिनिधि हुन्छन । यो व्यवस्था क्रान्ति, द्वन्द्व, वर्ग संघर्षबाट मात्र सम्भावना देखिन्छ । रक्तपात र मारकाट बाट मात्र यो व्यवस्थालाई जीवन्त दिलाउन सकिन्छ । जुन नितान्त यो दर्शन भित्र भेटिन्छ । जुन कुराले के इकित गर्छ भने कम्युनिष्टहरु अराजक र उत्सिन्खल हुन्छन् । जुन उनीहरूको प्रकृति नै हो । कम्युनिष्टहरू वर्ग विभाजन गरी आफू शासकिय अभिजात्य वर्गमा स्थापित भैरहने कम्युनिष्ट पार्टीका नेता अनि कार्यकर्ता गलत प्रवृत्ति अनि सोचाइका कारण संसारका धेरै मानिसहरुले प्रकृतिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रताबाट विमुख हुनुपरेको परिघटनाहरु विश्वका कयौं देशबाट प्राप्त गर्नसक्छौ जहाँ कम्युनिष्ट शासन हिजोका दिनमा थिए यात वर्तमानमा रहिरहेको छ ।
वर्ग विभाजनको नाममा वर्ग संघर्षको खेती गर्ने कम्युनिष्टहरु तर त्यही वर्ग बीचबाट कसैले फरक विचार राखेमा उसले आफ्नो जीवनको आहुति दिनेपर्ने बाध्यात्मक व्यवस्था हो साम्यवाद । वर्गसंघर्ष कुरा अनि ठूल्ठूला नारा लगाउने, समान्तका कुरा गर्ने, तर जन्मसिद्ध स्वतन्त्र प्राप्त गरेको स्वतन्त्र नागरिकताका वैचारिक स्वतन्त्रतामाथि ताल्चा लगाउने कार्य हिजोका दिनदेखि आजसम्म कैयौं कम्युनिष्ट शासनमा हामीले देखेका अनि सुनेका छौं । त सामान्य प्रश्न विश्व ब्रह्माण्डमा जुन वैचारिक स्वतन्त्रतालाई ताल्चा लगाउने कार्य गर्ने कम्युनिस्टबाट के वास्तबमा वर्गसंघर्षले पूर्णता प्राप्त गर्नसक्छ ? के वर्गसंघर्ष नै यिनका मूलभूत उद्देश्य हुन त ?
सामान्यता होइन यो सब भ्रम भन्दा कुनै फरक पर्दैन । इतिहासको विभिन्न कालखण्डलाई यदि हलाइले निहाल्ने हो भने कम्युनिष्ट सत्ता वा यिनका शासन स्थापना गर्नका लागि विश्वका कयौँ ठाँउमा एक कुर्ता को पराकाष्ठा नै लादी दिएका थिए । स्मरण रहोस् जुनजुन देशमा हिजोका दिनमा कम्युनिष्ट शासन थिए र आज जुन देशमा छुटफुटका नाउँमा रहेका छन्, सायद इतिहासकै सबैभन्दा अभागी मानिस सिद्ध भएका छन् त्यस ठाउँका जनताहरु । कारण मानिस जन्मसिद्ध एक स्वतन्त्र चरि हो । प्रकृति नै मानिसको स्वभाव स्वतन्त्र हुनु हो । आफ्नो विवेक सोच प्रयोग गर्ने र सुन्ने बुझ्ने र विभिन्न तर्कबाज गर्ने उसको स्वभाव नै हुन्छ । आफ्नो अस्तित्वलाई स्थापना गर्न आफ्नो क्षमतालाई प्रस्फुटन गर्ने र विभिन्न अधिकार पूर्ण तवरले बाँच्ने र अरुलाई बचाउने उसको मूलभूत उद्देश्य हुन्छ । गहिराईमा भन्ने हो भने मानिस आफैमा एक खुल्ला सन्सार हो । त्यही अधिकार सम्पन्न नागरिक मुद्दाका नाममा कम्युनिष्टले वर्ग संघर्षको कुरा त बुझे तर वर्ग संघर्षका नाउमा शासक र शोषक बिच हिंसात्मक र भ्रमपुर्ण राजनीतिकका माध्यमद्वारा शासन कब्जा गर्ने अनि कयौं माथी माथि उल्लेखित मानवीय विशेषतालाई बन्देज लगाउँदै अधिनायकवादी सोच वा सिद्धान्तलाई अख्तियार गरे ।
हिजो आफु शोषित भए भनेर रक्तपात, मारकाटको अवधारणले शासक बनी शासन सत्तामा पुग्नु अनि एक तानाशाही शोषकका रुपमा परिवर्तन हुनु नै कम्युनिष्ट अर्को वास्तविक म्यानुफिस्तो हो। वर्गसंघर्ष को नारा लगाउने वर्ग विभाजनको विचारलाई उठाएर शासन सत्तामा पुग्ने त आज तिनै शोषित वर्गलाई समन्वय नगर्नु र ती हिजोका शोषित वर्गमाथि शोषणका ताण्डव वर्तमानमा देखाउनाले कम्युनिस्ट आफैमा एक भ्रम हो भन्ने संकेत गरिदिएको छ। रगतको खोलो संग परिवर्तन साट्ने तर त्यही रगतको मूल्यलाई अवमूल्यन गर्ने वास्तवमा कम्यूनिष्ट चरित्र हो ।
जति रगतको खोलो बगाएर शासन सत्तामा कम्युनिष्ट पुगे तापनि यिनको शासनसत्ताले मानवीय मूल्यमान्यता अनि मानवीय प्रणालीका न्यूनतम भाषा पनि बुझ्न सकेनन्। जुन देशमा कम्युनिष्ट सत्ताका नाममा शासन भए तिनका शासनसत्ताले शोषित वर्ग उत्पीडनमा परेका वर्गका मानवीय मूल्य र मान्यतालाई बुझ्न सकेनन् उल्टो यिन का व्यवस्था मानवीय मूल्यमान्यता र तिनका भावनाका ठिक विपरितका रुपमा स्थापना हुन गयो । सबै खालका विभेद असमान्ता थिचोमिचो र उत्पीडनको अन्त्य सबैलाई समान अधिकार तथा सबैलाई बराबरी पहिचान र सुरक्षा समानतामूलक तथा समृद्धिको अभियानलाई ठिक विरोधी राख्नाले आज विश्व मानचित्र बाट नै कम्युनिस्ट सोच शैली र तिनका शासनप्रणाली पतनको दिशामा जानुको प्रमुख कारण मान्न सक्छौ ।
हिजोका थिचोमिचोको बलमा राजनीतिक स्थापना गर्ने अनि उहीँ थिचोमिचो र आफ्नो कम्युनिष्ट राजनीति स्थापना गर्ने अनि उही थिचोमिचोलाई आफ्ना कम्युनिष्ट नीति क्रान्ति अनि सिद्धान्तका नाउ दिदै तिनका विचारमाथि बन्देज बनाउनु तिनका स्वतन्त्र माथि अंकुश लगाउनाले के सावित गर्छ ? कम्युनिस्ट नीति क्रान्ति अनि सिद्धान्त र व्यवहारिक पाटोमा आकाश जमिनको फरक छ । हिजो राजनीतिक स्वार्थपूर्तिका लागि बनाएका निर्देशित शोषण भष्टचार युक्त समाजका बिरुद्ध भन्दै कयौ शोषित उत्पिडनवर्गका बलमा क्रान्ति स्थापना गराएर शासन सत्तामा पुगेका कम्युनिष्ट शासनले मानवता र न्याय नै समाप्त पार्दै शुन्य जन सहभागितामा आधारित,नितान्त अलोकतान्त्रिक विचारलाई अनुसरण गर्दै उही पुरानै शैली पुरानै तानाशाही सोच अनि सनातन विचारमा शासनसत्ता चलाउँदा न त कम्युनिष्ट क्रान्तिले नै त्यहाँ अर्थ राख्यो न त तिनका कैयौं परिवर्तनका नाराले नै ।
कम्युनिस्ट शासनमा सामान्य जनता भनेका दास हुन् भन्ने सोचार्इ कम्युनिष्ट सत्ताले राख्छ जुन विश्वका कम्युनिष्टका व्यवहारिक पक्षले पनि प्रमाणित गराई दिइसकेको छ । मनन रहोस जे जस्तो व्यवस्था होस जहाँ शुन्य जनसहभागिता रहन्छ त्यहाँ कुनै किसिमको दीर्घकालीन विकासको सम्भावनाको रोडम्याप तयारी गर्न कदापि सकिदैन । एक चोटी भित्र मनन गर्नेपर्ने अवस्था रहेको छ कम्युनिष्ट नीति सिद्धान्त र व्यवहारिक पाटोमा आकाश जमिनको फरक नरहेको भए के कारणले संसारबाट कम्युनिस्टका बलिया भनेका राष्ट्रबाट कम्युनिष्ट शासन हरु भकाभक ढले।
जहाँ मात्र फाइदा केन्द्रितको कुरा गरिन्छ । जुन नीतिलाई आफूलाई कम्युनिष्ट बनाउँदा नेपालका कम्युनिष्टहरुले प्रयोग गरे । सिद्धान्त नीति र दर्शनमा मारकाट रक्तपात अनि अराजकताको कुरा गर्ने । पार्टीका नामदेखि घोषणापत्रमा साम्यवादलाई रति सम्मपनि नछोड्ने। सामान्य भेटघात देखि सार्वजनिक ठाउँमा आफूलाई लोकतन्त्रवादी को संज्ञा दिँदै राजनीति गरि राज्यसत्तामा रहनु नै नेपाली जनता अनि राष्ट्रप्रतिको ठूलो धोका हो नेपाली कम्युनिष्टहरुको ।
जुन ढोका नै प्रमुख कारण, विश्व मानचित्रबाट कम्युनिष्ट लोपोन्मुख अवस्थामा रहँदा नेपालमा भने च्याउसरी फस्टाउनु।जसले के इकित गर्छ कम्युनिष्ट आफैंमा धोका हो, कम्युनिस्टले आफैंमा भ्रम हो। चाहे वि.स २०४६ सालको आन्दोलनमा होस , चाहे २०६२र६३ को आन्दोलन मा अन्तरआत्माले नमाने ता पनि लोकतन्त्रमा मात्र आफ्नो अस्तित्व रहनसक्ने यी कम्युनिष्टले राम्रोसँग मनन गरेका थिए । जसकाकारण प्रजातान्त्रीकरण र पारदर्शितालाई स्वीकार गरेको प्रत्याभूत जनतालाई दिलाउँदै, आफूलाई जीवित राख्न सफल भएका हुन्न।
जब वि.स २०४६ सालमा गणेशमान सिंहले जनआन्दोलनको महायज्ञमा सम्मिलित हुन आह्वान गर्दा, लोकतन्त्रप्रति प्रतिबद्धता प्रकट गर्दै एकजुट भएर आन्दोलनमा आउनु नै कम्युनिष्टहरुको अर्को लोकतन्त्रप्रति आस्था लाई प्रतिबद्ध रहेको जनाउँदछ । तर, वि.स २०४६ सालको बलमा स्थापित २०४७ सालको नेपालको संविधानलाई आलोचनात्मक समर्थन गर्नु ,त्यो कम्युनिष्ट सोच आफैमा आलोचनात्मक देखिन्छ। अवसरको लागि जस्तो वाद अनि जस्तोसुकै सर्वसुकार्यतालाइ समर्थन गरेको देखाउनु । अनि फेरी सत्तामा पुगेर फेरि उहीँ साम्यवाद शैलीलाई व्यक्त गर्न खोज्ने कम्युनिस्टका भ्रामिक चरित्र हुन् ।
सायद यस्तो गर्नमा मानवीय स्वतन्त्रताको चाहनालाई कम्युनिष्टले अवमूल्यन गर्नाले विश्वव्यापीरुपमा कम्युनिष्टहरु प्रति परेको प्रभावलाई नेपालका कम्युनिष्टहरुले सर्वस्वीकार्यता गर्दै तत्कालीन मदन भण्डारीले बहुदलिय जनवादको सिद्धान्तलाई अघिसारेका होलान् । तर निर्वाचनमा होमिदा बहुदल वा बहुल समाजको स्वीकार गरेता पनि व्यवहारिक पाटो उहीँ साम्यवादी सोच अनि शैली, जसले के इकित गरिरहेको छ कि ? कम्यूनिष्ट नाउँमा मुलुकमा अनि नेपाली जनतामाथि ठूलो भ्रम सृजना गर्दै, भ्रमको खेती गरिरहेका छन् ,नेपालमा जुन प्रष्ट धोका हो ।
अन्ततः लोकतन्त्रवादी र समाजवादी भएको आभास पनि दिन खोज्छन् र साम्यवादी नाराबाट शक्ति हत्याइ जनतालाई झुक्याउने रणनीति अख्तियार पनि गर्दै आएका छन् । त्यसैले नेपालमा कम्युनिस्टहरु बाट यिनका समाजवाद कहीँ कतैबाट पनि प्रष्ट देखिँदैन् । -भक्तपुर
यो लेखकको नीजि बिचार हो -सम्पादक