कार्तिक १२,
काठमाडौं । तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ ।














