भक्तपुरमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था, ६४ जनाको मृत्यु

387

कार्तिक १२,
भक्तपुर । कोरोना भाइरसको संक्रमणको कारणले अहिलेसम्म भक्तपुर जिल्लामा ६४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् ।
हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेको छ । जसमा पुरुष ३ हजार १ सय ८, महिला २ हजार ३ सय ६६ जना छन् । हालसम्म ३ हजार ४ सय १४ जना संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पुरुष १ हजार ९ सय ७२ र महिला १ हजार ४ सय ४२ जना रहेका छन् ।

कुन नगरपालिकामा कस्तो छ संक्रमण ?
भक्तपुर चार वटा नगरपालिका रहेका छन् । संक्रमणको हिसाब मध्यपुरथिमि नगरपालिका सबैभन्दा धेरै संक्रमित रहेको नगरमा पर्दछ । मृत्यु हुनेको संख्यामा भक्तपुर नगरपालिका अगाडी रहेको छ ।

मध्यपुरथिमि नगरपालिकाः
नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुरमा हालसम्म २२ जनाको मृत्यु कोरोना भाइसर संक्रमणको कारण भएको छ । जसमा १५ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ ।
यो नगरपालिकामा अहिलेसम्म ५ हजार ५ सय ५२ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ८ सय ६३ जनामा कोभिड–१९ पोजेटिभ आएको छ । जसमा १ हजार ६३ जना पुरुष र ८ सय जना महिला रहेका छन् ।
संक्रमणलाई जित्नेको संख्या १ हजार १ सय ९५ जना रहेको छ । ६ सय ६५ जना पुरुष र ५ सय ३० जना महिला रहेका छन्, नगरप्रमुख श्रेष्ठले बताए । हाल नगरपालिकामा संक्रिय संक्रमीतको संख्या ६ सय ४६ जना रहेका छन् ।

भक्तपुर नगरपालिकाः
यस नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डाक्टर रत्नसुन्दर लाछिवाका अनुसार कोरोना भाइरसको संक्रमणका कारणले २८ जनाको मृत्यु भएको छ । जसमा पुरुष १७ जना र ११ जना महिला रहेका छन् । २ हजार ६ सय ६ जनाको नमूना परिक्षण गरिएकोमा १ हजार ३ सय ६४ जनाको रिर्पोटमा कोरोना भाइरस पोजेटिभ आएको छ ।
यो नगरपालिकामा ७ सय ४६ जनाले कोरोना भाइरसलाई जितेका छन् । जसमा ३ सय ७६ जना पुरुष र ३ सय ७० जना महिला रहेका छन् ।

सूर्यविनायक नगरपालिकाः
सूर्यविनायक नगरपालिकामा कोरोना भाइसरको संक्रमणको कारणले ८ जनाको मृत्यु भइसकेको छ । नगरकार्यापालिका सदस्य तथा वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार १ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ८ सय ३८ जना पुरुष र ६ सय ४१ जना महिला रहेका छन् ।
हालसम्म नगरपालिकाले घरदैलोमा नै गएर ६ हजार ९ सय ८५ जनाको स्वाबको नमूना परिक्षण गरिए समेत सापकोटाले बताए ।

चाँगुनारायण नगरपालिका
नगरपालिकाका प्रवक्ता एव्म वडा नम्बर ८ का अध्यक्ष परासर सापकोटा अनुसार २ जनाको मृत्यु कोरोना भाइरसको संक्रमणको कारणले भएको छ । मृत्यु भएका दुई जनानै पुरुष रहेका छन् । नगरपालिकामा हालसम्म ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ सय १८ पुरुष र १ सय ८४ जना महिला रहेका छन् । १ हजार १ सय ५० जनाको पीसीआर परिक्षण गरिएको समेत सापकोटाले जानकारी दिएका छन् ।