सांसद महेश बस्नेतको दशै भत्ता कोरोनाका बिरामीलाई

257

कार्तिक ३, भक्तपुर । भक्तपुर क्षेत्र नं २ का संघीय सांसद एवम् पूर्बमन्त्री महेश बस्नेतले यस बर्षकाे दशै भत्ता भक्तपुर अस्पतालमा उपचारार्थ गरिब विपन्न र असाह्य बिरामीकाे उपचारका लागि खर्च गर्ने गरी अस्पताललाई दिएका छन् । सासद बस्नेतले अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मे.सु.डा.सुमित्रा गाैतमलाई रु ६५ हजार हस्तान्तरण गरेका हुन् । सो अवसरमा बस्नेतले भक्तपुर अस्पतालमा उपचारत रहेका काेभिड-१९ का बिरामीहरुकाे जानकारी लिदै आइसियु र भ्यान्टिलेटर ब्लककाे अनुगमन समेत गरेका छन् ।